News Summary
Generated by OK AI. Editorially reviewed.- भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालले भारतसँग ८५ रनले पराजित भएको छ।
- भारतले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो भने नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।
- नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ९ विकेटको जित निकालेको थियो।
२८ कात्तिक, काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
नेपाल भारतसँग ८५ रनले पराजित भएको हो । भारतले दिएको २१० रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । बिनिता पुनले ३१ रन बनाइन् ।
त्यसअघि भारतले २० ओभरमा ३ विकेट मात्र गुमाएर २०९ रन बनाएको थियो । दीपिका तीसीले ७८ रन बनाइन् । सिमु दासले ६८ रन बनाइन् ।
नेपालले आफ्नो पहिलो खेलमा बुधबार श्रीलंकामाथि ९ विकेटको शानदार जित निकालेको थियो ।
प्रतिक्रिया 4