+
+
Shares

सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते ८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोत्तम सिमेन्टको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बिक्री आम्दानी ३५ प्रतिशत बढेर १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।
  • कम्पनीले पहिलो त्रैमासिकमा ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आवको नोक्सानी २ करोड २५ लाख रुपैयाँभन्दा धेरै हो।
  • कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६.०७ रुपैयाँ र सेयर मूल्य प्रतिकित्ता ९०५ रुपैयाँ रहेको छ।

३० कात्तिक, काठमाडौं । सर्वोत्तम सिमेन्टको बिक्री आम्दानी ३५ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा  १ अर्ब ९७ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यस्तो आम्दानी गत आवको यसै अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ थियो । बिक्री आम्दानीमा आएको उच्च वृद्धिले कम्पनीको नाफा पनि उल्लेख्य छ ।

कम्पनीले पहिलो त्रैमासमा ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनी २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा थियो । त्यस्तै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६.०७ रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थ २०८.११ रुपैयाँ छ । ४ अर्ब ९७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ३७ करोड रुपैयाँ छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?