+
+
Shares

प्रसाईं समर्थित दलमा २७ सदस्यीय केन्द्रीय समिति, तारा अंकित झण्डा, चुनाव चिह्न जोडी पाइला

प्रसाईंबारे प्रस्तावित सभापति भन्छन्- महत्त्वपूर्ण व्यक्तिले पर्दा पछाडि भूमिका खेल्छन्

पार्टीको सभापतिमा झापा निवासी ५० वर्षीय माधव प्रसाद खतिवडा प्रस्तावित छन् भने उपसभापतिमा ईश्वरी प्रसाद भट्टराई (काठमाडौंं) र देवीप्रसाद संग्रौला छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १४:५१

३० कात्तिक, काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

पार्टीको सभापतिमा झापा निवासी ५० वर्षीय माधव प्रसाद खतिवडा प्रस्तावित छन् भने उपसभापतिमा ईश्वरी प्रसाद भट्टराई (काठमाडौंं) र देवीप्रसाद संग्रौला छन् ।

महामन्त्री प्रेम कुमार थाम्सुहाङ (झापा), सहमहामन्त्री विष्णु बोहोरा क्षेत्री (नवलपरासी पूर्व), कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल (मोरङ) र प्रवक्तामा प्रेम थापा मगर (पाल्पा) छन् ।

यो पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झण्डा प्रस्ताव गरेको छ । चुनाव चिह्न भने मान्छेको जोडी पाइला प्रस्ताव गरिएको छ ।

सभापति खतिवडाले अनलाइनखबरसँग भने, ‘हामी भुइँ मान्छेका पुजारी हौं, त्यसैले भुइँ मान्छेको समृद्धिका लागि जोडी पाइला चुनाव चिह्न रोजेका छौं ।’

नागरिक बचाउ दलको पदाधिकारी र केन्द्रीय समितिमा दुर्गा प्रसाइँको नाम छैन । त्यसबारे सोधिएको जिज्ञासा सभापति खतिवडाले भने, ‘महत्त्वपूर्ण व्यक्तिले पर्दा पछाडि बसेर नै भूमिका खेलिरहेको हुन्छ । त्यसलाई त्यसैगरी बुझ्नुहोला ।’

हेर्नुहोस् नागरिक बचाउ दलको पदाधिकारी र केन्द्रीय  सदस्यहरूको नामावली–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?