३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ ।
भोलि (सोमबार) का लागि तय भएको बैठक मंसिर ४ गतेसम्मका लागि सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार मंसिर ४ (बिहीबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
२८ असोजबाट सुरू भएको बैठकमा गत बिहीबार (कात्तिक २७) सम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो ।
त्यसलगत्तै कात्तिक २९ गते (शनिबार) का लागि बैठक तय भएको थियो । यद्यपि उक्त बैठक पनि बस्न सकेन । त्यसपछि मंसिर १ गतेका लागि तय भएको बैठक पुन: सरेको हो ।
बैठकमा पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशनबारे नेताहरूले दुईथरी धारणा राखेका थिए ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन समेत भइसकेको अवस्थामा संस्थापन पक्षीय नेताहरू भने चुनावपछि नै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया 4