+
+
Shares

गाडीको छतमा राखेको जस्ता पाता खस्दा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते ७:३१

१ मंसिर, गुल्मी । मुसिकोट नगरपालिका–२ निस्ती ठाँटीमा डबल क्याब गाडीको छतमा राखिएको टिन (जस्ता पाता) खसेर  लागेर गाडीमा सवार एक जनाको मृत्यु गएको छ ।

आइतबार राति तम्घासबाट निस्तीतर्फ जाँदै गरेको ग३च ४२६० नम्बरको गाडी उकालो चढ्दा टिन खसेको थियो ।

टिनले लागेर सोही गाडीमा सवार ४९ वर्षीय मिनबहादुर बि.क. गम्भीर घाइते भएका थिए । उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गाडी चालक २५ वर्षीय प्रताप रायमाझीलाई प्रहरीले कागजपत्रसहित नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?