News Summary
Generated by OK AI. Editorially reviewed.- लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- लाभांशमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।
- लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ।
१ मंसिर, काठमाडौं । लक्ष्मी सनराइज बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता २२५ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4