+
+
Shares

एनजीओ र आईएनजीओले दल र उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ।
  • गैरसरकारी संस्था र सम्बद्ध कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सवारी साधन, भवन वा सामग्री प्रयोग गर्न दिन नहुने र कुनै राजनीतिक प्रकृतिको कार्यक्रम गर्न नहुने व्यवस्था आचारसंहितामा छ।
  • आचारसंहिताले सामाजिक सञ्जालमा पनि कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश पोष्ट, शेयर वा मत माग गर्न नपाउने स्पष्ट नियम राखेको छ।

१ मंसिर, काठमाडौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ र आइएनजिओ) राजनीतिक दल र उम्मेदवारको पक्ष/विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था छ । प्रतिनिधि सभाको चुनाव अगामी फागुन २१ गते हुँदैछ । उक्त चुनावका लागि तयार आचारसंहितामा गैरसरकारी संस्था वा विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था आचारसंहिताको बुँदा नम्बर १२ मा छ ।

गैरसरकारी संस्था वा विकास साझेदार संस्था तथा त्यस्तो संस्थासँग सम्बन्धित पदाधिकारी तथा कर्मचारीले पालना गर्नु पर्ने आचरणलाई ९ वटा बुँदामा समेटिएको छ ।

यी हुन पालना गर्नुपर्ने ९ बुँदा –

(क) राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने,

(ख) कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने,

(ग) कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा आफ्ना सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसारको प्रायोजन गर्न नहुने,

(घ) निर्वाचन शिक्षा सम्बन्धी प्रचारप्रसार बाहेक कुनै राजनीतिक प्रकृतिको कार्यक्रम गर्न नहुने,

(ङ) निर्वाचन वा मतदाता शिक्षालाई प्रभावित गर्ने उद्देश्यले कुनै सहयोग, पुरस्कार, सामग्री प्राप्त गर्न नहुने,

(च) कुनै पनि स्रोत नखुलेको रकम प्राप्त गर्न नहुने,

(छ) कार्यालयमा निर्वाचन सम्बन्धी शिक्षामूलक सूचना सामग्री टाँस्न तथा प्रयोग गर्न बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका सामग्री टाँस्न वा राख नहुने, प्रारम्भि

(ज) आफू वा आफू सम्बद्ध संस्थाको तर्फबाट कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नहुने,

(झ) सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा प्रतिक्रिया दिन वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?