+
+
Shares

१३ मंसिरमा विवाह गर्दै सुनिता दुलाल, को हुन् बेहुला ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकगायिका सुनिता दुलालले १३ मंसिरमा प्रेमी राजेश केसीसँग सानो जमघटमा विवाह गर्ने जानकारी दिइन्।
  • सुनिता र राजेश चार वर्षदेखि प्रेम सम्बन्धमा छन् र राजेश निर्माण व्यवसायी तथा इन्जिनियरिङ अध्ययन गरेका छन्।
  • राजेश रुकुम पश्चिमका स्थायी बासिन्दा हुन् र हाल काठमाडौंमा बसोबास गर्दै आएका छन्।

काठमाडौं । लोकगायिका सुनिता दुलालले आउँदो १३ मंसिरमा लगनगाँठो कस्ने भएकी छन् ।

अनलाइनखबरसँग कुरा गर्दै दुलालले प्रेमी राजेश केसीसँग विवाह गर्न लागेको जानकारी दिइन् । सुनिता र राजेश ४ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

रुकुम पश्चिम स्थायी घर भएका राजेश पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् ।

निर्माण व्यवसायी समेत रहेका राजेशले इन्जिनियरिङ अध्ययन गरेका हुन् । यद्यपी, कुन ठाउँमा विवाह हुँदैछ भन्ने कुरा चाहिँ उनले खुलाइनन् ।

‘हामीले प्राइभेसी कायम गदै सानो जमघटमा विवाह गर्दैछौं’ सुनिताले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?