+
+
Shares

ढुंगा खसेर अवरुद्ध भएको खच्च सडकखण्ड सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १३:३५

१ मंसिर, हुम्ला । ढुंगा खसेर अवरुद्ध भएको कर्णाली करिडोर अन्तर्गतको खच्च सडकखण्ड सञ्चालनमा आएको छ । सर्केगाड गाउँपालिका–१ स्थित ज्ञाने ओढारमा ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो ।

बिहान ११ बजेसम्मको प्रयासपछि सुख्खा पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याइएको कर्णाली करिडोर, खुलालु सल्लीसल्ला सडक योजना, बाजुराले जनाएको छ ।

आइतबार साँझ करिब २ घण्टा काम गरेपनि सडक सञ्चालनमा आउन सकेको थिएन ।

बिहान पुन काम थालेर ६ घण्टापछि सडक सञ्चालनमा ल्याइएको आयोजना प्रमुख सिनियर इन्जिनियर बिसुन दास लामाले बताए ।

अवरुद्ध सडक पन्छाएपछि नेपालगन्ज- सुर्खेत हुँदै हुम्ला र हुम्ला-सुर्खेत हुँदै नेपालगञ्ज सञ्चालन हुने यातायात सञ्चालन भएको लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?