+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

१० वर्षभन्दा पुराना एम्बुलेन्स चलाउन नपाइने

स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १८:१७
फाइल तस्वीर

१ मंसिर, काठमाडौं । १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको छ । एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन सरकारले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्रै भारत आवत–जावत गर्न अनुमति दिइने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘२०८२ मा एम्बुलेन्स पैठारीमा राजस्व छुट, सञ्चालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजजस्ता प्रावधानहरू स्पष्ट रूपमा व्यवस्था गरिएकोले उक्त निर्देशिका कडाइका साथ पालना गर्न मन्त्रालय सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, एम्बुलेन्स व्यवस्थापन समिति तथा सरोकारवाला सबैमा अनुरोध छ ।’

यो निर्णयसँगै सीमा क्षेत्रका बासिन्दा तथा आपत्कालीन अवस्थामा भारततर्फ रेफर गरिने बिरामीहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?