News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एयरलाइन्सले ३ मंसिरदेखि काठमाडौं जहाज डाइभर्ट गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निर्णय गरेको छ।
- अहिले काठमाडौंमा जहाज अवतरण नसक्दा भारतीय विमानस्थलमा जाने गरिन्छ।
- निगमले यस निर्णयले खर्च कटौती हुने विश्वास लिएको र पोखरा विमानस्थललाई पनि वैकल्पिक विमानस्थल बनाउने अध्ययन थाल्ने जनाएको छ।
१ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सका जहाज काठमाडौंबाट ‘डाइभर्ट’ भए अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएका छन् ।
अहिले काठमाडौंमा जहाज अवतरण हुन नसके भारतीय विमानस्थलमा जाने गरेका छन् । नेपाल वायुसेवा निगमले ३ मंसिरदेखि लागु हुने गरी डाइभर्ट गर्ने विमानस्थलका रूपमा भैरहवालाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
निगम प्रवक्ता अनिल घिमिरेका अनुसार यस निर्णयले निगमको खर्च कटौती हुने विश्वास लिइएको छ । यसबाहेक पोखरा विमानस्थललाई समेत वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न अध्ययन थालनी गर्ने निर्णय गरेको समेत उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4