२ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक ओके एनपीएल बज अन्तर्गत आज अनलाइनखबरको स्टुडियोमा नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मन्जित श्रेष्ठसँग नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दुई खेलको बारेमा छलफल गरिएको छ ।
पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच बिहान ११:४५ बजे सुरु हुनेछ । यस्तै डे नाइट म्याचमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स अपरान्ह ४ बजे भिड्नेछन् ।
एनपीएलको दोस्रो संस्करण सोमबार बाट सुरु भइसकेको छ र यस लिगको हरेक खेलको पलपलको खबर अनलाइनखबरबाट प्राप्त सकिनेछ, सिद्धार्थ बैंक प्रिजेन्स ओके एनपीएल बजमार्फत् ।
सिंगो देशले प्रतीक्षा गरिरहेको एनपीएल दोस्रो संस्करणको बल–बलको अपडेटका लागि अनलाइनखबरको होमपेजमा गएपछि खेलकुद टाइटलमा क्लिक गर्नुपर्नेछ। त्यहाँ तपाईंले बल बाई बल अपडेट पाउनुहुनेछ। त्यसअलावा भिडियोलगायतका अन्य सामग्रीहरू पनि हेर्न र पढ्न पाउनुहुनेछ।
आजको खेल कस्तो होला ? प्रतिस्पर्धी टिमका बलियो र कमजोर पक्ष के–के छन् ? प्लेइङ ११ मा को–को पर्लान् ? कुन टिमले कति स्कोर गर्ला ? कुन खेलाडीले कस्तो प्रदर्शन गर्ला ? जस्ता प्रश्नका सम्भावित उत्तर विज्ञहरूबाट खोज्नेछौं ।
राष्ट्रिय टिमका पूर्वखेलाडी समेत रहेका मन्जित श्रेष्ठले नेपाली लिगमा नाम चलेका विदेशी खेलाडी खेल्न आउँदा त्यसबाट माहोल बन्ने र नेपाली खेलाडीहरुले पनि धेरै कुरा सिक्न पाउने बताए ।
‘विदेशी खेलाडी अझ ठूला नामहरु आउँदा माहोल क्रियट गर्नुहुनेछ नि ! मैले सुनेको जेम्स निशमले पनि त्यस्तै माहोल क्रियट गर्नुहुनुथ्यो रे’, श्रेष्ठले भने, ‘त्यो भएपछि केही सिक्न पनि पाउँछ र खेलाडीमा कन्फिडेन्स हुन्छ । यस्तै विदेशी खेलाडीको अनुभवले टिम कम्बिनेसन पनि मिल्छ जस्तो लाग्छ ।’
मंगलबार हुने खेलमा दुई खेलमा नाम चलेका चर्चित विदेशी खेलाडीहरु खेल्दैछन् । पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेलेका निशमले यस पटक पोखरा राइनोजबाट खेल्दैछन् । यस्तै यसमा टिममा इंग्ल्यान्डका जेसन रोए पनि छन् ।
यस्तै इंग्ल्याण्डकै रबि बोपारा, डाबिड मालान र पाकिस्तानका सोहेल तनविर चितवन राइनोज टिममा छन् ।
यस्तै न्युजिल्यान्डका ब्याटर मार्टिल गप्टिल विराटनगरबाट लगातार दोस्रो सिजन एनपीएल खेल्दैछन् । दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसी पनि विराटनगरमै अनुबन्ध छन् तर उनी सुरुआती केही खेलमा अनुपस्थित हुनेछन् । यसबाहेक अष्ट्रेलियाका यू-१९ टिमका पूर्वकप्तान विलयम बोसिस्टो कर्णाली याक्सबाट लगातार दोस्रो पटक खेल्दैछन् ।
मन्जित श्रेष्ठले ठूला विदेशी खेलाडीसँग अनुभव हुने र त्यो अनुभवले नै उनीहरुले राम्रो खेलिरहेको बताए ।
यस्तै आज हुने पहिलो खेलमा चितवनसँग विदेशी खेलाडी राम्रो रहेको र कर्णालीसँग नेपाली खेलाडीहरु राम्रो रहेको श्रेष्ठले बताए । चितवनमा ब्याटिङमा नेपाली खेलाडी कमजोर हुँदा बलिङमा नेपाली खेलाडी पनि राम्रो रहेको बताए । यस्तै कर्णाली याक्समा नेपाली खेलाडीहरु धेरै रहेकोले सन्तुलित रहेको उनले बताए ।
यसैगरी विराटनगर र पोखरा यस पटक उत्कृष्ट टोली देखिएको मन्जित श्रेष्ठले बताए । उनले दुवै टोलीमा चर्चित विदेशी खेलाडीहरु हुँदा टिम बलियो बनेको र दाबेदार टोलीको रुपमा रहेको बताए ।
ठूला विदेशी खेलाडी हुँदा विराटनगर र पोखराको टोली सन्तुलित रहेको उनले बताए ।
मन्जित श्रेष्ठले विराटजंग रायमाजीसँग आज हुने दुबै खेलबारे चर्चा गरेका छन् । आउनुहोस्, दुवै खेलको प्रिम्याच प्रिभ्यूमा आजको खेलको समग्र विश्लेषण गरौं।
प्रतिक्रिया 4