+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
कर्णाली याक्स 2025
0/0
Shares

नासाले कारोबार प्रणालीमा थप्यो नयाँ फिचर- एक्स प्रो चार्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नासाले ग्राहकका लागि कारोबार प्रणालीमा नयाँ नासा एक्स प्रो चार्ट फिचर निशुल्क उपलब्ध गराएको छ।
  • यो फिचरले सेयर खरिद-बिक्रि, पोजिसन ट्रयाक र प्राविधिक विश्लेषण गर्न मद्दत गर्नेछ।
  • चार्ट ट्रेडिङ फिचरले एकै पटक ८ ओटा स्कृप्टको मूल्य गतिविधि र विश्लेषण हेर्न सकिने सुविधा दिन्छ।

२ मंसिर, काठमाडौं । नासा सेक्युरिटिजले ग्राहकका लागि कारोबार प्रणालीमा आधुनिक र आकर्षक फिचर थपेको छ। यसलाई नासा एक्स प्रो चार्ट नाम दिइएको छ ।

यो फिचर अन्तर्राष्ट्रिय सेयर बजारमा धेरै रुचाइएकाले नेपालमा पनि आकर्षण हुने नासाको भनाइ छ । सेयर खरिद-बिक्रि गर्न, पोजिसन ट्रयाक गर्न र द्रुत गतिमा प्राविधिक विश्लेषण गर्नको लागि यो फिचरलाई नेपालमै पहिलो पटक नासा एक्समा निशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

चार्ट ट्रेडिङ फिचर मार्फत ग्राहकले अब सजिलैसँग सेयरको मूल्य गतिविधि हेर्नुका साथै एकै पटक ८ ओटा सम्म स्कृप्टको चार्ट हेर्न र विश्लेषण गर्न सकिने छ।

प्रो चार्टमार्फत सेयर कारोबारका अन्य क्रियाकलापहरू फन्ड लोड गर्ने आफ्नो होल्डिङ रिपोर्ट हेर्न पनि सकिनेछ। जसमार्फत ग्राहकले सजिलैसँग आफ्नो कोलाटरल बारे जानकारी लिन र बैंक मार्फत कोलाटरल लोड गर्नका साथै आफ्नो खातामा भएका सेयरबारे जानकारी लिन सहज हुनेछ ।

यस चार्टबारे जानकारी दिन नासाले भिडियो पनि उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?