+
+
Shares

१० हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका एक व्यक्तिको मृत्यु

बुधबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का  थुनुवा ५७ वर्षीय गंगाबहादुर लिम्बूको मृत्यु भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ३ गते १३:५८

३ मंसिर, विराटनगर । १० हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा माेरङ कारागार चलान भएका एक व्यक्तिको  मृत्यु भएको छ । बुधबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का  थुनुवा ५७ वर्षीय गंगाबहादुर लिम्बूको मृत्यु भएको हो ।

जिल्ला कारागार माेरङका सूचना अधिकारी तुलसी पाैडेलका अनुसार अभद्र व्यवहार मुद्दामा लिम्बू थुनामा थिए ।

अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङले उनीविरुद्ध १० हजार रूपैयाँ धरौटी मागेको थियो । धरौटी तिर्न नसकेपछि उनी गत ४ भदाैमा कारागार चलान भएका थिए ।

उनको मुद्दा जिल्ला प्रशासन कार्यालयमा विचाराधीन छ ।

सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि मंगलबार राति उनलाई कारागार प्रशासनले  विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

पथरीशनिश्चरे नगरपालिका ४ का वडाध्यक्ष लाेकनाथ न्याैपानेका अनुसार लिम्बुमाथि झै-झगडा गरेका कारण अभद्र व्यवहार मुद्दा चलेकाे थियाे । मृत्यु भएकाे खबर आएपछि परिवारलाई जानकारी गराइएकाे उनले बताए ।

कात्तिक पहिलो साता मोरङ कारागारमा दुई जना कैदीबन्दीको मृत्यु भएको थियो । मृत्यु हुनेमा उर्लाबारी नगरपालिका– १ घर भएका २० वर्षीय मुस्कान दनुवारको बिहीबार मृत्यु भएको थियो भने ७ कात्तिकमा सुन्दरहरैँचा नगरपालिका–७ घर भएका ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको मृत्यु भएको थियो ।

उनीहरू दुवैमा पनि शरीर सुनिने र सास फेर्न गाह्रो हुने समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?