३ मंसिर, जनकपुरधाम । मधेश प्रदेशसभा बैठक सुरु हुनासाथ स्थगित भएको छ ।
नेकपा एमालेबाट उपस्थित एक मात्र सांसद सारदा देवी थापाले सरकारको उपस्थित नरहेको बैठक कसरी सञ्चालन हुने नियमापत्ति राखेपछि सभामुख बबिता राउत इशरले सरकारलाई उपस्थित हुन निर्देशन दिँदै बैठक १० मिनेटका लागि स्थगित गरेकी हुन् ।
आजको मधेस प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोगमा छलफल हुने कार्यसूची राखिएको थियो ।
सभामुखमाथिको महाअभियोग माथि छलफल हुने बैठकमा जनस्वराज रोजेका जनमतका सांसद पूर्व मुख्यमन्त्री सतिश सिंह, त्रिभुवन साह र माओवादीबाट विद्रोह गरेकी सांसद माला कर्ण समेत सहभागी छन् ।
सभामुख मण्डलमाथि महाभियोगको प्रस्ताव दर्ता भएदेखि प्रदेशसभामा सचिवसहित उच्च पदस्थ कर्मचारीहरू आउन छाडेका छन् ।

प्रतिक्रिया 4