३ मंसिर, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा मिच्नेमाथि अनुसन्धान खोजबिन समितिको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अख्तियारले अगाडि बढाओस् भनेर प्रतिवेदन दिइसकेको बताए । ‘जग्गा छानबिन गरेर त्रिभुवन विश्वविद्यालयको नाममा ल्याउनुपर्ने कुराहरू प्रतिवेदनमा आएको छ । कुनै कुराहरू कानुनी रूपमा गाह्रो छ । कानुनी कुराहरूलाई अख्तियारमा लगेर दिइसकेको छ । अख्तियारले अगाडि बढाओस् भनेर दिएको हो,’ मन्त्री पुन भने ।
अनलाइनखरबसँगको अन्तर्वार्तामा मन्त्री पुनले मन्त्रालयले नै प्रतिवेदन अख्तियारलाई दिएको बताए । ‘त्यो रिपोर्टलाई आधार मानेर यो–यो कुराहरूमा हेर्दिनु पर्यो भनेर अख्तियारलाई दिएको छ,’ उनले भने । मन्त्री भएपछि दुई महिनामा गरेका काम र शिक्षा सुधारबारे मन्त्री पुनसँग गरिएको अन्तर्वार्ता केहीबेरपछि प्रकाशित गरिने छ ।
प्रतिक्रिया 4