+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते ८:५३

४ मंसिर, काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरूद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा माग गर्दै गृहमन्त्री अर्यालविरूद्ध अभियान चलाएका हुन् । ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्दै गुरूङले एउटा पोस्टर फेसबुकमा साझा गरेका छन् ।

पोस्टरमा गृहमन्त्री अर्यालविरूद्ध तीनवटा ह्यासट्यागहरू पनि उल्लेख छन् । त्यसअघि उनले फेसबुकमै गृहमन्त्री अर्यालको लाचारीपनले बारामा बुधबार जेनजी माथि कुटपिट भएको आरोप लगाएका थिए ।

‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट र जनेजी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो,’ उनले लेखेका थिए, ‘यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरुलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देशप्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु ।’

सुदनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा दमन गर्नेहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै आएका छन् । तर त्यसको बेवास्ता गरेको भन्दै गृहमन्त्री अर्यालविरुद्ध गुरुङ खरो उत्रिँदै आएका छन् ।

एकदिन अघि मात्रै पनि सुदनले गृहमन्त्रीविरुद्ध फेसबुकमा कडा स्टाटस लेखेका थिए । उनले प्रश्न गरेका थिए, ‘आफूलाई संविधानविद भनेर चिनाउने, संविधानको कुन धारामा ‘सानालाई ऐन र ठुलालाई चैन’ लेखेको छ ? विधिको शासन लागू नहुने भने पुरानो शासन र अहिलेकोमा के फरक भयो गृहमन्त्रीज्यू ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?