+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

अभिभावकमा धैर्यताको परीक्षा : बच्चाले भनेको मान्दैन भने के गर्ने ?

महालक्ष्मी आचार्य महालक्ष्मी आचार्य
२०८२ मंसिर ४ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बच्चाले नाइँ भन्छन् भने आमाबुबाले धैर्यता र संयम राखेर राम्रो बानी सिकाउनुपर्छ।
  • २ देखि ५ वर्षका बच्चा स्वतन्त्र हुन चाहन्छन् र अत्यधिक अनुशासनको दबाबमा विरोध गर्छन्।
  • बच्चाको व्यवहार सुधार्न कुराकानी, अनुशासन सिकाउने र जायज मागमा मात्र ध्यान दिने उपाय अपनाउनुपर्छ।

आमाबुबा बन्ने सुखसँगै जिम्मेवारीहरू पनि थपिएर आउँछ, आफ्ना सन्तानलाई राम्रो संस्कार दिने जिम्मेवारी । संसारका सबै आमाबुबा हरू चाहन्छन् कि उनका छोरा–छोरी बुद्धिमान, आज्ञाकारी र नम्र बनून् । तर जब बच्चा आमाबुबाको कुरा सुन्दैन, उल्टै नाइँ भन्छ, त्यो बेला आमाबुबाको धैर्यता र सहनशीलताको ठूलो परीक्षा हुन्छ ।

बच्चाले हरेक कुरामा नाइँ भन्छ भने आमाबुबाले कसरी संयम राखेर सन्तानलाई राम्रो बानी र अनुशासन सिकाउने ?

किन नाइँ भन्छन् बच्चाहरूले ?

बच्चाको व्यवहारमा कुनै पनि परिवर्तन अचानक हुँदैन । त्यसको पछाडि शारीरिक वा मानसिक विकासको कारण हुन सक्छ । यदि बच्चा सानो छ भने ऊ आमाबुबाको ध्यान आफूतिर तान्न चिच्याउँछ वा विरोध गर्छ । यसरी ऊ आफ्नो उपस्थिति देखाउँछ ।

२ देखि ५ वर्षको उमेरमा बच्चा स्वतन्त्र रूपले आफ्नै इच्छाले गतिविधि गर्न चाहन्छ । त्यसैले ऊ आमाबुबाको कुरा मान्न चाहँदैन । यदि घरमा बच्चामाथि अत्यधिक अनुशासनको दबाब छ भने बच्चा प्रतिक्रिया स्वरूप आमाबुबाको विरोध गर्छ।

च्चाभन्दा पहिले आफैंमाथि नियन्त्रण गर्ने

यदि बच्चाले तपाईंको कुरा सुन्दैन, उल्टो जवाफ दिन्छ भने त्यो तपाईंको धैर्यताको परीक्षा हो । यो त्यस्तो अवस्था हो, जतिबेला बच्चालाई भन्दा पहिले आफूमाथि नियन्त्रण राख्नुपर्छ । याद राख्नुपर्छ- बच्चाहरूले जे देख्छन्, त्यही सिक्छन् । यदि रिसले चिच्याएर वा डर देखाएर आफ्नो कुरा मनाउने गरिन्छ भने बच्चाको दिमागमा ‘चिच्याउनु वा रिसाउनु नै आफ्ना कुरा मान्न बाध्य बनाउने सबैभन्दा राम्रो तरिका हो’ भन्ने छाप बस्छ ।

यस्तो अवस्थामा के गर्ने ?

बच्चाको गल्तीमा तुरुन्तै प्रतिक्रिया दिइहाल्नु हुँदैन । गहिरो सास लिएर १०–१५ सेकेन्ड पर्खेने अनि सोचेर मात्र जवाफ दिनुपर्छ । यदि बच्चा धेरै आक्रामक भइरहेको छ भने वातावरण परिवर्तन गर्नुपर्छ, उसको ध्यान अन्यत्र मोड्नुपर्छ ।

टाढाबाट कराउनुको सट्टा बच्चालाई नजिक बोलाउनुपर्छ र आँखामा आँखा जुधाएर कुरा गर्नुपर्छ । यसले बच्चाले तपाईंको गम्भीरता राम्रोसँग बुझ्छ । यदि बच्चाले तपाईंको कुरा मानेमा उसको प्रशंसा गर्नुपर्छ, फेरि राम्रो गर्न प्रोत्साहन दिनुपर्छ ।

रिसाउनुभन्दा पहिले आफ्नो व्यवहारमाथि विचार गर्नुपर्छ । कतै तपाईंको गलत व्यवहार, झगडा वा पारिवारिक तनावका कारण बच्चाको व्यवहारमा परिवर्तन त आएको छैन ?
यसरी बच्चाको व्यवहार सुधार्न सकिन्छ

१.कुराकानी गर्ने

कुनै पनि सम्बन्ध सुधार्ने पहिलो खुड्किलो कुराकानी हो । त्यसैले बच्चासँग कुरा गर्नुपर्छ । सकारात्मक शब्दको प्रयोग गर्नुपर्छ । उदाहरणका लागि:- ‘चुप लाग’ भन्नुको सट्टा ‘पहिले मेरो कुरा सुन, त्यसपछि तिमी भन’ । ‘तैंले यस्तो किन गरिस् ?’ भन्नुको सट्टा ‘तिमीलाई लाग्छ तिमीले गरेको ठिक छ ?’ भनेर प्रश्न गर्ने आदि ।

२.अनुशासन सिकाउने

सही अभिभावकत्वको अर्थ भनेको माया र अनुशासन दुवै सँगै दिनु हो । बच्चाको हरेक कामका लागि पहिल्यै नियम बनाउनुपर्छ । मोबाइल हेर्ने हो भने कति समय र के–के हेर्न पाइन्छ भन्ने पहिल्यै भन्नुपर्छ ।

३.हरेक माग पूरा नगर्ने

जायज मागमा मात्र ध्यान दिने । कुनै पनि कुरा किन्नुभन्दा पहिले ‘केही दि, महिना पर्ख त्यसपछि पाइन्छ’ भन्नुपर्छ । यसले बच्चामा पर्खने र धैर्य गर्ने गुण विकास हुन्छ ।

खेल्ने, खाने वा स्क्रिनको समय सीमाभित्र स्वतन्त्रता दिनुपर्छ । यो बच्चाको सुरक्षा र अनुशासन दुवैका लागि जरुरी छ । बच्चा मान्दैन भनेर रिसले होइन, माया र समझदारीले उसलाई बाटो देखाउनु पर्छ । अभिभावकको धैर्यता र संयमताले नै बच्चामा राम्रो बानीको विकास हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?