+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

‘मन बिनाको धन’ अस्ट्रेलियामा लाग्दै, दलित आयोगले गर्‍यो प्रशंसा

सर्लाहीमा बाजा बजाएर कलाकारको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय दलित आयोगले प्रदर्शनरत फिल्म 'मन बिनाको धन' लाई जातीय छुवाछुतविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै प्रशंसा गरेको छ।
  • फिल्मले गुरु शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्य बोध शिक्षाको महत्व प्रभावकारी ढंगले प्रस्तुत गरेको आयोगले बताएको छ।
  • 'मन बिनाको धन' नेपालसहित कतार, युएई, बहराइनमा प्रदर्शन हुँदै १३ मंसिरदेखि अस्ट्रेलियामा रिलिज हुँदैछ।

काठमाडौं । प्रदर्शनरत फिल्म ‘मन बिनाको धन’ लाई राष्ट्रिय दलित आयोगले प्रशंसा गर्दै हेर्न उचित हुने बताएको छ ।

आयोग अध्यक्ष देवराज विश्वकर्माले वक्तव्य जारी गर्दै फिल्मको सफलताको कामना गरेका छन् । दलित समुदायको प्रतिनिधित्व गर्ने गायक दर्जीको यो फिल्ममा शीर्ष भूमिका छ ।

फिल्मले समाजमा व्याप्त जातीय छुवाछुत जस्ता कुप्रथाविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको भन्दै आयोगले धन्यवाद ज्ञापन गरेको हो ।

‘फिल्मले गुरु शिष्य सम्बन्ध, पारिवारिक मूल्य र कर्तव्य बोध शिक्षाको महत्वजस्ता महत्वपूर्ण सामाजिक पक्षलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको छ’ आयोगले भनेको छ ।

यस चलचित्रमा सामाजिक चेतना अभिवृद्धि गर्ने क्षमता रहेको भन्दै फिल्मको निर्माण समूह तथा सम्बन्धित कलाकारलाई धन्यवाद दिँदै आयोगले जातीय विभेदमुक्त समाज निर्माणमा सफलताको कामना गरेको छ ।

आउने सातादेखि अस्ट्रेलियामा लाग्दै

नेपालसगै कतार ,युएई र बहराइनमा प्रदर्शन भैरहेको यो फिल्म १३ मंसिरदेखि अस्ट्रेलियामा समेत रिलिज हुँदैछ । साउदी अरब र दक्षिण कोरिया लगायतका थलोमा समेत फिल्म रिलिज हुने जनाइएको छ ।

सर्लाहीमा कलाकार दर्जी र अभिनेता रमेश विश्वकर्मा पुग्दा पन्चैबाजा बजाएर स्वागत गरिएको थियो । कलाकारलाई दुबोको मायासहित फिल्म हलमा लगिएको थियो ।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, शंकर श्रेष्ठ, साम्राज्ञी थापाको पनि अभिनय छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्मको पटकथा शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?