+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

सिमरा अपडेट: बाराका सीडीओबाट जेनजी युवालाई वार्ताको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको लागि आह्वान गर्नुभएको छ।
  • जेनजी अगुवा सम्राट उपाध्यायले सीडीओ कार्यालयमा जान नसक्ने र वार्ता इलाका प्रहरी कार्यालय सिमरामा हुनुपर्ने बताउनुभएको छ।
  • उपाध्यायले प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएको र भीडले थप जोखिम निम्त्याउन सक्ने उल्लेख गर्नुभएको छ।

४ मंसिर, काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवालाई वार्ताको आह्वान गरेका छन् ।

जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै वार्तामा बस्न आह्वान गरेका छन्।

संवादबाटै समाधान खोज्नुपर्छ भनेर बाराका सीडीओले टेलिफोन गर्नु भएको छ । उहाँले हामीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको थियो । हामीले त्यहाँ जान सक्ने अवस्था छैन । तपाईंहरू यहाँ आउनुस् भनेका छौं,’ जेनजी अगुवा उपाध्यायले भने ।

प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएको भन्दै उपाध्यायले सीडीओ कार्यालयमा आफूहरू आउँदा भीड पनि त्यतै जान सक्ने र त्यसले थप जोखिम निम्त्याउन सक्ने बताए ।

प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय सिमरामा वार्ता हुनुपर्ने अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?