News Summary
Generated by OK AI. Editorially reviewed.- जगदम्बा मोटर्सले काठमाडौंमा नोभेम्बर २१–२३ मा प्रोटोन इमास विद्युतीय सवारी एक्स्चेन्ज अफर सञ्चालन गर्ने जनाएको छ।
- एक्स्चेन्ज अफर ज्ञानेश्वरस्थित एटिकमा हुनेछ र ग्राहकलाई प्रोटोन इमासका विशेषता र सेवा सुविधा बारे जानकारी दिइने छ।
- प्रोटोन इमास ७ मा १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लियरेन्स र एनईडीसी रेन्ज ४९२ देखि ५८५ किलोमिटर रहेको छ।
४ मंसिर, काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत सञ्चालित विद्युतीय सवारी साधन (ईभी) ब्रान्ड प्रोटोन इमासले काठमाडौंमा विशेष एक्स्चेन्ज अफर सञ्चालन गर्ने भएको छ ।
यो अफर आगामी शुक्रबारदेखि आइतबारसम्म (नोभेम्बर २१–२३) सम्म सञ्चालन हुने जगदम्बा मोटर्सले जनाएको छ । एक्स्चेन्ज अफर काठमाडौंको ज्ञानेश्वरस्थित एटिकमा आयोजना हुनेछ ।
‘तीन दिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारी साधन एक्स्चेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन इमासका प्रमुख विशेषता, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ‘एक्सचेन्ज अफर ४६.९९ लाखबाट सुरु हुनेछ ।’
प्रोटोन इमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लियरेन्स तथा एनईडीसी रेन्ज ४९२ र ५८५ रहेको छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ ।
यस विशेष अफरमार्फत ग्राहकले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने छन् ।
प्रतिक्रिया 4