+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
16/2 (3.2)
Shares

अहिले निर्वाचनलाई प्राथमिकता दिऊँ, महाधिवेशन वैशाखमा गरौंला : विमलेन्द्र निधि

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १४:५९
फाइल तस्वीर

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् ।

नेपाल महिला संघले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् ।

उनले अहिलेको प्राथमिकता प्रतिनिधिसभा निर्वाचन भएको भन्दै निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताए ।

उनले अगामी वैशाखमा पार्टीको नियमति महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताए ।

उनले भने, ‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिऊँ । १५औं महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा गरौँ । र त्यसैको तयारीमा हामी सबै लागौं ।’

पछिल्लो समय काँग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रिय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?