+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
17/2 (4.2)
Shares
सिमरा अपडेट :

जेनजी युवा भन्छन्– मुक्का हान्नेलाई पक्राउ गरेपछि मात्र वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय बाराले संवादबाट समाधान निकाल्न आन्दोलनरत जेनजी युवालाई वार्तामा बोलाएको थियो।
  • जेनजी युवाले एमाले युवा संघका नेता अरविन्द साह पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन्।
  • जेनजी अगुवा सम्राट उपाध्यायले वार्तामा बस्नुअघि साहलाई पक्राउ गर्नुपर्ने बताए।

४ मंसिर, काठमाडौं । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । तर, उनीहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन् ।

बारा प्रशासनले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि आह्वान गरेको थियो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा वार्ताको लागि बोलाएका थिए । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएका छन् ।

जेनजी अगुवा उपाध्यायका अनुसार वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने शर्त आन्दोलनरत युवाको छ । युवा संघका स्थानीय नेता साहले नै बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप छ । उनी हालसम्म फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?