News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवनको निरीक्षण गरेका छन्।
- सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक चैत्र–बैशाखमा सञ्चालन गर्ने गरि निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए।
- नयाँ संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते सम्झौता भएकोमा म्याद पाँचौँ पटक २०८२ पुस १६ गतेसम्म थप गरिएको छ।
४ मंसिर, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदबारभित्र निर्माणधीन नयाँ संघीय संसद् भवनको निरीक्षण गरेका छन् ।
बिहीबार सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहालसहित संघीय संसद्का पदाधिकारीले सिंहदरबारमा निर्माणाधीन नयाँ संघीय संसद भवनको निरिक्षण गरेका हुन् ।
निरीक्षणसँगै उनीहरूले निर्माणाधीन संसद् भवनको कार्यप्रगति बारे जानकारी लिएका छन् ।
निरिक्षणपछि संघीय संसदका पदाधिकारीहरूले निर्माणाधीन नयाँ संसद् भवनमा गतिका साथ काम भइरहेको पाइएको प्रतिक्रिया दिए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक चैत्र–बैशाखमा सञ्चालन गर्ने गरि निर्माण कार्यलाई अघि बढाउनुपर्ने बताए ।
राष्ट्रियसभा बैठक तत्काल बस्नका लागि अरु नै प्रवन्ध गर्नुपर्ने देखिएको उनले बताए ।
सभामुख घिमिरेले समयमा नै निर्माण सम्पन्न भए संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने धारणा राखे ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिरभित्र राष्ट्रियसभाको अधिवेशन बोलाउने तयारी भइरहेकाले हालका लागि कृषि समितिको हलबाट सभा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

प्रतिनिधिसभाका लागि तत्कालै हल आवश्यक रहेकाले नयाँ संसद भवनको निर्माणलाई गतिका साथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।
नयाँ संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको छ ।
सङ्घीय संसद्का दुवै सदन, संसदीय समितिहरू र संसदीय दलका कार्यालयसमेत रहने गरी १२ वटा ब्लक सहितको नयाँ संसद् भवनको संरचना निर्माण भइरहेको छ ।
प्रतिक्रिया 4