+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

जसपासँगको एकताको सहमतिलाई भोलि अन्तिम रुप दिन्छौं : ज्वाला

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते १८:२९

४ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकीकरण अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन् ।

बिहीबार पेरिसडाँडामा भएको पार्टीहरूको कार्यदलस्तरीय वार्तामा एकताका लागि सहमति जुटेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एकताका लागि दुवै पार्टीबीच राजनीतिक र सैद्धान्तिक सहमति जुटेको बताए । उनका अनुसार एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार फेरि कार्यदलस्तरीय छलफल हुनेछ ।

‘नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीका बिचमा हामीले वार्ता कार्यदलस्तरमा घनिभूत छलफल गर्यौं । हिजो हामीले राजनीतिक र सैद्धान्तिक विषयमा अलि बढी छलफल गरेका थियौँ । संगठनात्मक विषयमा समेत छलफल गरेका थियौं भने आज अलि यसलाई निष्कर्षमा पुर्‍याउने किसिमले छलफल गर्‍यौं,’ उनले भने, ‘आज हामीले सहमतिको एउटा ड्राफ्ट तयार पार्‍यौं । त्यसमा छलफल गर्‍यौं र त्यसलाई अन्तिम रुप दिनेगरी अर्को दिन बस्ने निर्णय गरेका छौं । साथीहरुले केही महत्वपूर्ण सुझाव समेत दिनुभएको छ । र भोलि हामी सहमतिलाई अन्तिम रुप दिन्छौं । अब एकता प्रक्रिया अब अन्तिम अवस्थातिर पुगेको छ ।’

नेपाली कम्युनिष्ट पार्टीले विचार र  सिद्धान्त मिल्ने सबै समूहसँग एकताका लागि छलफल अघि बढाएको समेत ज्वालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?