४ मंसिर, बुटवल । रुपन्देही व्यापार संघ बुटवलको अध्यक्षमा प्रकाश ढकाल सर्वसम्वत निर्वाचित भएका छन् ।
संघको २४औं वार्षिक साधारण सभा तथा १३औं अधिवेशनबाट ढकाल अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत भएको हो ।
ढकाल यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
संघको वरिष्ठ उपाध्यक्ष पदमा दयानिधि भण्डारी, प्रथम उपाध्यक्ष ऋषिराम पाण्डे, द्वितिय, उपाध्यक्षमा मनहरी बस्याल, महासचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा अर्जुन भट्टराई,सचिवमा जयलाल न्यौपाने, महिला सचिवमा बृन्दा आचार्य, सहसचिव पदमा नलराज नेपाल निर्वाचित भएका छन् ।
संघमा पदाधिकारीसहित ३२ जना सर्वसम्मत रूपमा निर्वाचत भएका हुन् । सहकोषाध्यक्षमा जीवनारायण अधिकारी निर्वाचित भएका छन् ।
सदस्यहरूमा तेजेन्द्र सापकोटा, घनश्याम भुसाल, टेकराज पन्थी लगायत निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4