News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री मलिका महत अभिनित मिनी-सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत जीटुवान डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
- मिनी-सिरिज ‘टिन स्पिरिट’ यङ हाट्र्स फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो र जीवन स्वाँर र सुनिल गुरुङले निर्देशन गरेका हुन्।
- श्रृंखलामा लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा लगायतको अभिनय छ र हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ।
काठमाडौं । अभिनेत्री मलिका महत अभिनित मिनी-सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा अपूर्व तामाङको आवाज, शब्द छ भने सङ्गीत मनिष गुरुङले भरेका छन् । जीटुवान डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।
जीटुवानले यङ हाट्र्स फिल्म्सको सहकार्यमा मिनि-सिरिज निर्माण गरेको हो । श्रृंखलालाई जीवन स्वाँर र सुनिल गुरुङले निर्देशन गरेका हुन् ।
श्रृंखलामा लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायतको अभिनय छ ।
श्रृंखलाको निर्मातामा असिम शाह छन् । कथा सुनिल गुरुङले लेखेका हुन् । कार्यकारी निर्माता विशाल शर्मा हुन् भने आसिफ शाह क्रिएटिभ डाइरेक्टरको रूपमा छन् ।
नकुल सुनुवारले श्रृंखला खिचेका हुन् । सिरिजमा समावेश अर्को गीतमा आशिरा शाह र सुनिल गुरुङको आवाज, सुश्मा सिग्देलको शब्द र निरज तामाङ, मोहक श्रेष्ठ र सन्देश केसीको संगीत छ ।
यो सिरिज हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ भने जीटुवान युट्युब च्यानलबाट स्ट्रिम हुनेछ । पछिल्लो समय हिमालय टिभीले युवा लक्षित कार्यक्रम दर्शकमाझ ल्याइरहेको छ ।
प्रतिक्रिया 4