+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि आयोगले मुख्यसचिव अर्याललाई पदमै रहेका बेला बोलाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते २३:२९

४ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ ।

आयोगका पदाधिकारीहरू बसेरै अर्यालसँग बयान लिएका हुन् ।

‘हामीले उहाँलाई २३ र २४ गतेको घटनामा केन्द्रित भएर सोध्यौं,’ आयोगसम्बद्ध स्रोतले भन्यो, ‘२४ गतेपछि सरकारविहीन अवस्था र रिक्ततामा कसरी काम भयो भनेर सोधपुछ केन्द्रित गरेका थियौं ।’

मुख्यसचिव अर्यालसँगको सोधपुछ बिहीबार नै सकिएको आयोगले जनाएको छ ।

अवकाशपछि बयानका लागि बोलाउँदा सहुलियत दिएको सन्देश जाने भएपछि आयोगले मुख्यसचिव अर्याललाई पदमै रहेका बेला बोलाएको हो । अर्याल यसैसाता आवकाश हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?