४ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार बन्ने जानकारी नेताहरूलाई दिएका छन् ।
केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने बताएका हुन् । ‘मैले अध्यक्षका निम्ति डिजर्ब गर्छु,’ पोखरेलले भने, ‘प्रतिस्पर्धामा जस्तो परिणाम आउँछ, परिस्थितिको सामना गर्न तयार छु ।’
आन्तरिक प्रतिस्पर्धाले पार्टी कमजोर नहुने पनि उनले बताएका छन् ।
‘प्रतिस्पर्धाले पार्टी कमजोर हुन्छ भन्ने ठान्नु बेठीक हो । प्रतिस्पर्धाले पार्टी कमजोर हुँदैन,’ पोखरेलले भने, ‘मैले प्रतिस्पर्धा गर्ने कुराले पार्टी बलियो हुन्छ ।’
पोखरेलले यही मंसिर ८ गते आफ्नो उम्मेदवारी घोषणा गर्ने कार्यक्रम पनि तय गरेका छन् ।
प्रतिक्रिया 4