News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज शुक्रबार घिउसिमीको थोक मूल्य प्रतिकिलो १५ रुपैयाँ घटेर १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।
- हिजो बिहीबार घिउसिमी लोकलको थोक मूल्य १ सय ८५ रुपैयाँ थियो भने कात्तिक तेस्रो साता यो मूल्य ९५ रुपैयाँ थियो।
- घिउसिमी हाइब्रिडको मूल्य आज प्रतिकिलो १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।
५ मंसिर, काठमाडौं । स्थानीय बजारमा घिउसिमीको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज शुक्रबार घिउसिमीको थोक मूल्य घटेको हो ।
आज घिउसिमी लोकलको भाउ प्रतिकिलो थोकमा १५ रुपैयाँ घटेको छ । हिजो बिहीबार किलोको १ सय ८५ रुपैयाँमा किनबेच भएको थियो । आज भने १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै घिउसिमी हाइब्रिड भने प्रतिकिलो १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
कात्तिक तेस्रो साता भने घिउसिमी किलोको ९५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4