+
+
Shares

एमालेको फोर्स सु-व्यवस्था कायम गर्न बनेको हो, कोही आत्तिनुपर्दैन : ओली

ओलीको भनाइ छ, ‘नेकपा एमालेसँग असहमति राख्ने वा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षाका लागि यो गठन भएको हो । यसको गठनसँग कोही पनि आत्तिनुपदैन, तर्सिनुपर्दन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १४:४८

५ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ देशमा शान्ति, सुव्यवस्था कायम गर्न बनेको जिकिर गरेका छन् ।

शुक्रबार काठमाडौंमा कमाण्ड घोषणापछि सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यो फोर्स कसैका विरुद्धमा नभएको जिकिर गरे । ‘यो कसैको विरुद्धमा बनेको होइन । हिंसा, आतंकका विरुद्धमा बनेको होइन,’ ओलीले भने ।

आफ्ना स्वंयसेवकहरू अनुशासित भएर काम गर्ने ओलीको भनाइ छ ।

‘यो स्वंयसेवक फोर्स कसैको अहितको लागि गठन भएको होइन । राष्ट्रिय हितका लागि गठन भएको हो,’ ओलीको भनाइ छ, ‘नेकपा एमालेसँग असहमति राख्ने वा यो संगठनसँग असहमति गर्नेका लागि पनि जिउधनको रक्षाका लागि यो गठन भएको हो । यसको गठनसँग कोही पनि आत्तिनुपदैन, तर्सिनुपर्दन ।’

उनले राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था कायम गर्न नसक्ने रहेको भन्दै आफूहरूले फोर्स घोषणा गरेको बताए ।

‘यो देशमा शान्ति सुव्यवस्था कायम गर्न बनेको हो । राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्न सक्ने अवस्था रहेन । औद्योगिक प्रतिष्ठानको रक्षा हुने अवस्था रहेन,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?