News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहाका ४७ वर्षीय बोम बहादुर खत्री मृत अवस्थामा फेला परेका छन्।
- खत्री कात्तिक २८ गते घरबाट कोहीलाई जानकारी नदिई हिँडेका थिए।
- प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमान्डमा टोली खटाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
५ मंसिर, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहाका ४७ वर्षीय बोम बहादुर खत्री मृत अवस्थामा फेला परेको छन् ।
कात्तिक २८ गते घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेका खत्रीलाई घरपरिवार र स्थानीयको सहयोगमा खोजतलासको क्रममा शुक्रबार आफ्नै घरदेखि उत्तरतर्फको भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीले घटना स्थल सुरक्षित राखेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमान्डमा टोली खटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4