News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएल दोस्रो संस्करणको पाँचौं दिन पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा जारी छ।
- सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ र पोखराले १०औं ओभरमा ३ विकेट गुमाएर ७० रन जोडेको छ।
- पोखराका नीशम र भुर्तेलले २०-३ को अवस्थामा अर्धशतकीय साझेदारी गरेका छन् र ६० बलमा १२४ रन आवश्यक छ।
५ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न शुक्रबार पनि खचाखच दर्शक भरिएका छन्। आ-आफ्ना टिमको समर्थनमा उनीहरू रंगशालामा ओइरिएका हुन्।
एनपीएल दोस्रो संस्करणको पाँचौं दिन समूह चरणको खेल भइरहेको छ । आज भइरहेको खेलमा सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ । सुस्त गतिमा लक्ष्य पछ्याइरहेको पोखरा दबाबमा देखिन्छ।
जारी प्रतियोगितामा १०औं ओभरको खेल भइरहँदा पोखराले ३ विकेट गुमाएर ७० रन जोडेको छ । कमजोर सुरुआत गरेको पोखराले मध्यक्रममा भने केही सुधार गरेको छ ।
पाँचौं ओभरमा २०-३ को अवस्थामा रहेको पोखराका लागि नीशम र भुर्तेल मिलेर अर्धशतकीय साझेदारी गरेका छन् । अब ६० बलमा १२४ रन आवश्यक छ ।
हेर्नुहोस् तस्वीरहरू :










प्रतिक्रिया 4