५ मंसिर , काभ्रेपलाञ्चोक । रामेछाप खाँडादेवी गाउपालिका ४ रजगाउँमा सुमो अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मन्थली न.पा.–३ माथिल्लो कठजोर बस्ने बर्ष ५३ की गितामाया जोगी छन् ।
दुर्घटनामा घाइते जोगीको उपचारको क्रममा मन्थली अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले जानकारी दिए ।
माडी मुहान त्रिवेणीको भित्रि सडक खण्डमा रजगाँउबाट मन्थलीतर्फ जाँदै गरेको ना १ ज ५५५८ न.को सुमो अनियन्त्रित भई सडकबाट ५० मिटर तल झरी दुर्घटना हुँदा सुमोका चालक सहित ८ जना घाइते भएका थिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा मन्थली न.पा.–२ तल्लो कठजोर बस्ने वर्ष–१४ की सञ्चिता श्रेष्ठ, मन्थली न.पा.–३ माथिल्लो कठजोर बस्ने वर्ष–७० की तिलमाया श्रेष्ठ, वर्ष ४९ को रमेश बुढाथोकी, वर्ष–५० की कृष्णमाया खड्का, वर्ष ५५ की हित कुमारी श्रेष्ठ, वर्ष ७८ की चेत कुमारी श्रेष्ठ र वर्ष–४० की कोपिला श्रेष्ठ घाइते भएका छन् ।
घाइतेमध्ये कृष्णमाया खड्काको शरीरको भित्रि भागमा चोट (बोल्न नसक्ने), बर्ष ४९ को रमेश बुढाथोकीको शरिरको भित्री भागमा चोट (बोल्न नसक्ने) कोपिला श्रेष्ठको टाउकोमा चोट ( गम्भिर), चेत कुमारी श्रेष्ठ टाउकोमा चोट र तिलमाया श्रेष्ठ (बाँया खुट्टामा चोट) लाई थप उपचारको लागि धुलिखेल अस्पताल र काठमाण्डौ ट्रमा सेन्टर रिफर गरिएको छ ।
घाइतेमध्ये अधिकांश मन्थली नगरपालिका कठजोरका छन् । दुर्घटनास्थलबाट घाइतेहरूको स्थानिय र प्रहरीको सकृयतामा उद्धार गरी मन्थली अस्पताल रामेछापमा ल्याई प्रारम्भिक उपचार गरिएको थियो ।
प्रतिक्रिया 4