+
+
WC Series
Won कर्णाली याक्स 2025
161/1 (12.2)
VS
Karnali won by 9 wickets
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

ओलीको प्रश्न- जेनजीलाई सघाएन भनेर बाराका एसपी तानिए, यो तमासा होइन ?

ओलीले आपत्ति जनाउँदै प्रश्न गरेका छन्, ‘के अब प्रहरी पनि जेनजी बनेर आइदिनुपर्ने ?’ उनले सरकारको यो कार्यलाई ‘तमासा’ को संज्ञा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १४:४४
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसेर हेडक्वार्टर तानिएकोप्रति आपत्ति जनाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले यसप्रति आपत्ति जनाएका हुन् ।

बारामा पछिल्लोपटक भएको घटनापछि हिजो (शुक्रबार) मात्रै बाराका एसपी तामाङलाई हेडक्वार्टर तानेको थियो ।

तर, ओलीले त्यसप्रति आपत्ति जनाउँदै प्रश्न गरेका छन्, ‘के अब प्रहरी पनि जेनजी बनेर आइदिनुपर्ने ?’ उनले सरकारको यो कार्यलाई ‘तमासा’ को संज्ञा दिएका छन् ।

‘प्रहरीको एसपीले जेनजीलाई सघाएन भनेर एसपीलाई तानियो । यो तमासा होइन ? त्यहाँ एयरपोर्ट बन्द गराउने नाटक गराउन कुनै जेनजी आएको थिएन,’ ओलीले भने, ‘अरु नै खालका अराजक तत्वहरू आएका थिए । त्यसलाई सरकारले रोक्नुपर्ने ठाउँमा, भिडन्त गर्ने ठाउँमा एसपी आएन भनेर एसपी तानिन्छ । प्रहरी के जेनजी बनेर आइदिनुपर्ने ?’

बारामा एमालेले युवा भेला गर्न लाग्दा माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका हिन्दुवादी भनिएका अवान्छित व्यक्तिले हमला गरेको उनको आरोप छ ।

‘अर्काको भेलामा यस्तो दख्खल गर्न मिल्छ ? तर गरियो । त्यो कार्यक्रमलाई फिका बनाउने काम बाहेक केही होइन । यस्ता काम नगर्न म सरकारलाई आग्रह गर्न चाहन्छु । नेकपा एमालेलाई उत्तेजति बनाउने, जिस्काउने काम नगर्नुस्,’ ओलीले भनेका छन्, ‘तपाईंहरू लोकतन्त्रलाई यो भन्दा बढी आक्रमण गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुस् । जे गर्नु भयो गर्नु भयो । अब यो भन्दा अघि बढ्न सक्छौं भन्ने ठान्नु भयो भने तपाईंहरूका लागि पनि हितकर हुने छैन । म स्मरण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?