७ मंसिर, काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । मध्याह्न सवा १२ बजे बस्ने बैठकमा चलचित्र विधेयकका सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।
यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले १४ वैशाख २०८२ मा ल्याएका थिए । १४ साउन २०८२ मा राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
२३ र २४ भदौको जेनजी आन्दोलन र अन्तरिम सरकार गठनपछि विधायन व्यवस्थापन समिति लामो समयसम्म बस्न सकेको थिएन । अन्तरिम सरकार अघिल्लो सरकारले ल्याएका विधेयक समेत अगाडि बढाउन तयार भएपछि विधायन व्यवस्थापन समितिले बिचाराधीन विधेयकमाथि छलफल चलाउन थालेको हो ।
प्रतिक्रिया 4