News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेता मनोज बाजपेयीको मुख्य भूमिका रहेको 'द फेमिली म्यान' को तेस्रो सिजन अमेजन प्राइम भिडियोमा रिलिज भएको छ।
- नेपाली अभिनेता सुनिल थापाले नयाँ सिजनमा नागाल्याण्डका एमसीए प्रमुख डेभिड खुजोउको भूमिका निर्वाह गरेका छन्।
- मनोज बाजपेयीले चौंथो सिजन पनि आउने घोषणा गर्दै भने, 'सबै कुराको जवाफ चौंथो सिजनमा मिल्नेछ।'
मुम्बई । बलिउड अभिनेता मनोज बाजपेयीको शीर्ष भूमिका रहेको श्रृंखला ‘द फेमिली म्यान’ को तेस्रो श्रृंखला अन्ततः अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । प्रशंसकले यो सिरिजलाई ३ वर्षदेखि प्रतीक्षा गरिरहेका थिए ।
रिलिज भएपछि फ्यानले सामाजिक सञ्जालमा यसको प्रशंसामा टिप्पणी गरिरहेका छन् ।
नयाँ श्रृंखलामा नेपाली अभिनेता सुनिल थापा पनि देखिएका छन् । यसमा थापाले एक सम्मानित स्थानीय नेता र नागाल्याण्डका एमसीए प्रमुख डेभिड खुजोउको महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
खुजोउ भारतको उत्तरपूर्वी राज्यहरूमा विकास र शान्तिको उद्देश्यले सरकारको नयाँ पहल “प्रोजेक्ट सहकार“ का एक प्रमुख व्यक्तित्व हुन् । श्रीकांत तिवारी (मनोज बाजपेयी) र एनआईएले स्थानीय विद्रोही समूहको गतिविधि र सीमामा चिनियाँ हस्तक्षेपको बीचमा यो परियोजना सफलतापूर्वक सम्पन्न गर्न उनको सहयोग खोज्छन् ।
यद्यपि उनको स्क्रिन टाइम सीमित रूपमा उल्लेख गरिएको छ । थापाको चरित्र नयाँ सिजनको मुख्य भूराजनीतिक कथाको केन्द्रबिन्दु हो र कथानकमा एक प्रमुख मोडको रूपमा काम गर्दछ ।
‘फेमिली म्यान सिजन ३’ ले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि अभिनेता बाजपेयीले एक्स (ट्विटर) मार्फत चौंथो सिजन पनि ल्याउने घोषणा गरेका छन् ।
‘सबै कुराको जवाफ चौंथो सिजनमा मिल्नेछ । चाँडै भेट्नेछौं’ बाजपेयीले लेखेका छन् । तेस्रो सिजन विहिबारदेखि अमेजन प्राइममा रिलिज भैसकेको छ ।
प्रतिक्रिया 4