+
+
Shares

सुदन किरातीले भने– पार्टीको ‘नाङ्लो पसल’ खोल्दैनौं, ‘स्वामी’ का भक्त बनाउँदैनौं

‘केबल एक थान पार्टी मात्र बनाउने छैनौं, हामीले एउटा नाङ्लो पसल खोल्नु छैन,’ तत्कालीन माओवादी केन्द्रका नेता किराँतीले भने, ‘पार्टीको मञ्चमा बस्ने एउटा स्वामी र स्वामीका हजार–हजार हजार भक्तहरूलाई निर्माण गर्नु छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १३:५३

७ मंसिर, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले पुराना पार्टीका शीर्ष नेताहरूले आजको समयको ढुकढुकीलाई बुझ्न नसकेकाले नयाँ अभियान सुरु गरेको बताएका छन् ।

तर पार्टीको ‘नाङ्लो पसल’ नखोल्ने र ‘भक्तहरुको स्वामी’ नबन्ने उनले बताए ।

आज राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरुले केबल एक थान पार्टी मात्र नबनाउने बताए ।

‘केबल एक थान पार्टी मात्र बनाउने छैनौं, हामीले एउटा नाङ्लो पसल खोल्नु छैन,’ तत्कालीन माओवादी केन्द्रका नेता किरातीले भने, ‘पार्टीको मञ्चमा बस्ने एउटा स्वामी र स्वामीका हजार–हजार हजार भक्तहरूलाई निर्माण गर्नु छैन ।’

आफूहरू जनताको सेवामा लाग्ने उनले बताए । ‘जनताको सेवा गर्ने, आजको समस्याको समाधान गर्ने, त्यो विचार विधिसहितको नेतृत्व र त्यो शक्ति खोजेका छौं ।’

यही उद्देश्यका साथ डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्कीदेखि सन्तोष परियार र जेनजी युवा नेता ओजस्वी भट्टराईलाई समेत समेटेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?