News Summary
Generated by OK AI. Editorially reviewed.- स्क्विड गेमको अमेरिकी संस्करण सन् २०२६ फेब्रुअरी २६ मा लस एन्जलस र क्यालिफोर्नियामा छायांकन सुरु हुने छ।
- निर्देशक डेभिड फिन्चरले मुख्य निर्देशकको रूपमा काम गर्नेछन् भने ह्वाङ डोङ ह्युक र किम जी येओन निर्माताको रूपमा सहकार्य गर्नेछन्।
- यो श्रृंखलाले दक्षिण कोरियाली संस्करणसँगै अमेरिकी सांस्कृतिक दृष्टिकोण प्रस्तुत गर्नेछ र सिजन ३ पछि कोरियाली संस्करणमा नयाँ सिजनको योजना छैन।
काठमाडौं । तपाईं ‘स्क्विड गेम’ श्रृंखलाको प्रशंसक हुनुहुन्छ भने नयाँ खबर छ । तेस्रो सिजनमा यो चर्चित दक्षिण कोरियाली नेटफ्ल्क्सि सिरिज टुंगिएपनि यसको यात्रा यत्तिकैमा रोकिनेछैन ।
हलिउड म्यागजिन ‘कोलाइडर’ को रिपोर्ट अनुसार ‘स्क्विड गेम : अमेरिका’ चाँडै सुरु हुने तयारीमा छ । यसको छायांकन सन् २०२६ मा सुरु हुने समाचारमा उल्लेख छ ।
यसमा प्रसिद्ध निर्देशक डेभिड फिन्चरसँगै श्रृंखलाका मूल निर्माता ह्वाङ डोङ ह्युक पनि सामेल हुनेछन् ।
फिल्म एण्ड टेलिभिजन इन्डस्ट्री एलायन्सको वेबसाइटमा रहेको विवरण उध्दृत गर्दै उक्त पोर्टलले ‘स्क्विड गेम : अमेरिका’ ले फेब्रुअरी २६, २०२६ मा छायांकन सुरु गर्ने जनाएको छ ।
सम्भावित छायांकन स्थानमा लस एन्जलस र क्यालिफोर्नियालाई लिइएको छ । निर्देशक डेभिड फिन्चरले मुख्य निर्देशकको रूपमा यस प्रोजेक्टको नेतृत्व गर्नेछन् भने मूल निर्माता ह्वाङ डोङ ह्युक र पट्र्सम्यान स्टुडियोका सीईओ किम जी येओनले निर्माताको रूपमा सहकार्य गर्नेछन् ।
यसबारे विस्तृत खुलाइएको त छैन तर, ‘स्क्विड गेम’ युनिभर्समा नै श्रृंखला छायांकन हुने जनाइएको छ । आधिकारिक स्पिन-अफ बताइएको नयाँ श्रृंखलाले कथावस्तुको पुननिर्माण गर्दैन बरु दक्षिण कोरियाली श्रृंखलाकै समकक्षतामा कथा अघि बढाउनेछ ।
यसले सांस्कृतिक परिवर्तन र सिरिजका खेलमा अमेरिकी दृष्टिकोण प्रस्तुत गर्नेछ ।
यसअघि, हलिउड अभिनेत्री केट ब्ल्यान्चेटले खेल समाप्त भएलगत्तै ‘स्क्विड गेम सिजन ३’ मा एक क्यामियो गरेकी थिइन्, जसले मूल रूपमा बिक्रीकर्ता गोंग यूले खेलेको भूमिकालाई आफूले चित्रण गर्ने संकेत उनको छ । उनी सिरिजको अमेरिकी संस्करणमा पनि सामेल हुने बताइएको छ ।
निर्देशक वा निर्माताको तर्फबाट यसबारे कुनै पुष्टि नभए पनि, वेबसाइटमा भएका विवरण लगभग उस्तै देखिन्छन् ।
छायांकन तालिका अनुसार, अमेरिकी संस्करणको रिलिज सन् २०२८ को आसपास क्रिसमसको समयमा हुन सक्छ, स्क्विड गेमको अघिल्ला दुई सिजनहरू जस्तै । कोरियाली संस्करणको लागि अहिले थप सिजनको योजना छैन ।
प्रतिक्रिया 4