७ मंसिर, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै तेस्रो लिंगीको हत्या भएको घटनामा एक जना पक्राउ परेका छन् ।
हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको हो । परिसर स्रोतले पक्राउ परेको पुष्टि गरेको छ । ती व्यक्तिको पहिचान भने खुलाइसकेको छैन ।
‘एक जना संदिग्धलाई पक्राउ गरेका छौं । थप सोधपुछ र भेरिफाईको काम हुँदैछ,’ परिसर स्रोतले भन्यो ।
शनबिार दिउँसो बसपार्क नजिकैको सडक किनारमा तेस्रो लिंगीको शव भेटिएको थियो । शव रहेको भन्ने सूचना आएपछि प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । घटनास्थल मुचुलका गर्दा तन्नाले बरेर पोको पारिएको अवस्थामा शव भेटिएको थियो ।
सोही तन्नालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा उक्त तन्ना कुन होटलको भन्ने खुलेको थियो । त्यसपछि उक्त होटल बस्ने व्यक्तिको विवरण केलाएर अनुसन्धान गरेको प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
तेस्रो लिंगीको श पोस्टमार्टमका लागि प्रहरीले त्रिवि शिक्षण अस्पतालमा राएिको छ । उनको अहिलेसम्म सनाखत हुन सकेको छैन ।
प्रतिक्रिया 4