+
+
Shares

रामपुर नगरपालिकामा मंसिर ९ गते सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १०:१४

८ मंसिर, पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कार्तिक २४ गते बसेको कार्यपालिका बैठकले विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यस निर्णय अनुसार नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक बिदा हुने छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्र रहेका भगवान राम र सीतासंग सम्बन्धित ऐतिहासिक धार्मिक धार्मिक स्थलहरुको महत्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह पञ्चमी भव्यताका मनाउन लागिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा राम–सीता विवाह उत्सवको तयारी भइरहेको छ ।

रामपुर नगरभित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगायतका धार्मिक स्थलहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?