News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले हिउँदको सुरुवातमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक मर्मतलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
- सरकारले हरेक वर्ष करिब १० अर्ब रुपैयाँ बजेट सडक मर्मतमा छुट्याउने गर्छ।
८ मंसिर, काठमाडौं । असारमा खर्च हुन बाँकी बजेट सक्न धमाधम खाल्डा पुर्ने प्रवृत्ति हटाउँदै सरकारले यस पटक हिउँदमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ ।
काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरु गरिएको जानकारी दिएका छन् ।
उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । हिउँदको सुरुवातमै हुने विकास निर्माणको कामबाट एकातर्फ पूँजीगत खर्च भई अर्थतन्त्र चलायमान हुन्छ भने काम समेत गुणस्तरीय हुन्छ ।
सरकारले हरेक वर्ष १० अर्ब रुपैयाँ हाराहारी बजेट सडक मर्मतमा छुट्याउने गर्छ ।






प्रतिक्रिया 4