+
+
Shares

एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते ९:००

९ मंसिर, काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी शुल्कमा सीमा तोकेको छ । संगठन विभागले उम्मेद्वारी शुल्क एक हजार भन्दा बढी नउठाउन निर्देशन दिएको छ।

केही जिल्लाहरुमा अस्वभाविक शुल्क लिइएको गुनासो आएपछि शुल्क सीमा तोकेको हो। संगठन विभागले प्रतिनिधि छनोट १३ मंसिरमै सक्न पनि निर्देशन दिएको छ।

त्यसका निम्ति सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य प्रकाशन गर्ने, त्यो सूची केन्द्रीय संगठन विभागलाई जानकारी गराउने र १२ मंसिर साँझसम्म सर्वसहमतिको प्रयास गर्न निर्देशन दिइएको छ।

आगामी मंसिर २७-२९ मा हुने एघारौं महाधिवेशनका १३ मंसिरमा एकैदिन महाधिवेशन प्रतिनिधि छनोट हुँदैछ । महाधिवेशनमा करिब २२ सय प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?