+
+
Shares

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते ११:२६

९ मंसिर, काठमाडौं । नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ ।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए ।

एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको निवेदन दिएको थिएन ।

प्रतिनिधि सभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ । राष्ट्रिय सभा निर्वाचनका लागि भने एमालेले यसअघि नै दल दर्ता गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?