+
+
WC Series
काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
२० बलमा ३४ रन आवश्यक
लुम्बिनी लायन्स 2025
124/8 (16.4)
Shares

विशेष महाधिवेशनको मागमा ‘ब्याक गियर’ हुन्न : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १५:३९

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागबाट पछि फर्कने अवस्था नरहेको बताएका छन् । उदयपुरको गाइघाटमा आगजनीमा परेको पार्टी कार्यालय अवलोकन गरिसकेपछि महामन्त्री शर्माले विशेष महाधिवेशनको व्याक गियर नहुने बताएका हुन् ।

महामन्त्री शर्माले विधानमा भएको बिशेष महाधिवेशन दर्ताको लागि दफा भएको तर फिर्ताको दफा नभएको बताए । ‘त्यसैले बिशेषको ‘ब्याक गियर’ हुन्न ।  ९० दिनभित्र बिशेष महाधिवेशन गर्नैपर्छ  । सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ,’ उनले भने, ‘कांग्रेस विधानसम्मत अनि देश संविधानसम्मत नचल्ने हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।’

महामन्त्री शर्माले अब प्रश्न सभापति शेरबहादुर देउवाप्रति रहेको बताए ।

‘दुई महामन्त्री के भन्छन् वा ७ भाइ के भन्छन् , अब त्यो मुख्य कुरा होइन । असोज २८ मा लिखित वक्तव्य मार्फत सभापति शेरबहादुर देउवाले जुन संयम, समन्वय र परिपक्वताको सन्देश दिनु भएको थियोे, अब त्यो कायम राख्ने कि नराख्ने मुल प्रश्न हो,’ महामन्त्री शर्माले भने ।

२८ असोजमा केन्द्रीय समितिको बैठकमा सभापति देउवाले दिएको वक्तव्यमा ‘मंसिरमा महाधिवेशन’ गर्नुपर्ने वाक्यांश छुट्न नहुने विषय रहेको शर्माले बताए । ‘त्यो छुट्नु गल्ती प्रमाणित भएको छ । पार्टी र देशको आजको समाधानका लागि सभापतिले निर्णायक पहलकदमी लिनुपर्छ । उहाँको सकारात्मक हस्तक्षेपले पार्टीलाई समाधानमा पुर्‍याउने विश्वास छ,’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?