+
+
WC Series
काठमान्डु गोर्खाज 2025
29/2 (4.4)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

अफगानिस्तानले भन्यो- पाकिस्तानी आक्रमणको सही समयमा जवाफ दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफगानिस्तानका तालिबान प्रवक्ता जबीहुल्लाह मुजाहिदले पाकिस्तानले गएराति पकतीका, खोस्त र कुनार प्रान्तमा हवाई आक्रमण गरेको आरोप लगाएका छन्।
  • मुजाहिदले भने, पाकिस्तानी सेनाले अन्तर्राष्ट्रिय नियम उल्लघंन गर्दै अफगानिस्तानको सम्प्रभुतामा सिधा आक्रमण गर्यो।
  • पाकिस्तानको आक्रमणमा खोस्त प्रान्तमा एक घरमा बम पड्किँदा १० जना बालबालिका र महिलाको मृत्यु भएको तालिबानले जनाएको छ।

९ मंसिर, काठमाडौं । पाकिस्तानले आफ्नो सम्प्रभुतामा आक्रमण गरेको अफगानिस्तानले आरोप लगाएको छ ।

अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले गएराति पाकिस्तानले आफ्ना विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेर अन्तर्राष्ट्रिय नियम उल्लघंन गरेको बताए ।

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट गर्दै तालिबान प्रवक्ता मुजाहिदले भने, ‘पाकिस्तानी सेनाले गएराति पकतीका, खोस्त र कुनार प्रान्तमा हवाई आक्रमण गर्‍यो , जुन अफगानिस्तानको सम्प्रभुतामाथिको सिधा आक्रमण हो, पाकिस्तानी अधिकारीले अन्तर्राष्ट्रिय नियमको उल्लघंन गरे ।’

पाकिस्तानी सेनाले गरेको दुश्मनीपूर्ण कारबाहीले केही हासिल नहुने तालिबान सरकारका प्रवक्ता मुजाहिदको भनाइ छ ।

गलत गुप्तचरीय दलले चलाएको सैन्य कारबाहीले तनाव बढाउने भन्दै मुजाहिदलेले यसले पाकिस्तानी सैन्य बलको असफलता सार्वजनिक गर्ने बताए ।

उनले भने, ‘अफगानिस्तान यस उल्लघंन र आक्रमणको कडा निन्दा गर्दछ, आफ्नो हवाई सीमा, जमिन र नागरिकको रक्षा आफ्नो अधिकार भएको कुरामा जोड दिन्छ र सही समयमा अवश्य जवाफ दिनेछ ।’

तालिबान सरकारका प्रवक्ता मुजाहिदले पाकिस्तानले खोस्त प्रान्तमा एक घरमा बम आक्रमण गरेको आरोप लगाएका छन्, आक्रमणमा १० जना बालबालिका र महिलाको मृत्यु भएको छ ।

पाकिस्तानले भने अहिलेसम्म तालिबान सरकारका प्रवक्ताको आरोपबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?