+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

९ किलो यार्सा र २० लाखसहित काठमाडौंबाट २ जना पक्राउ

पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय एमए मसु र काठमाडौं ३१ घर भएका ३६ वर्षीय नबिला बानु छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँबजारबाट ९ किलो ३६० ग्राम यार्सागुम्बा र २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय एमए मसु र काठमाडौं ३१ घर भएका ३६ वर्षीय नबिला बानु छन्।
  • उनीहरुबाट अवैध बन लसुन, सुकेका किराहरु, गुच्ची च्याउ, गुन्द्रक जस्तो जडिबुटी र तौल गर्ने मेसिन बरामद गरिएको छ।

९ मंसिर, काठमाडौं। ९ किलो भन्दा बढी यार्सागुम्बा र २० लाख रुपैयाँसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय एमए मसु र काठमाडौं ३१ घर भएका ३६ वर्षीय नबिला बानु छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँबजारबाट पक्राउ गरेको हो।

उनीहरुबाट अवैध ९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो बन लसुन, १०१ किलो सुकेका किराहरु, गुच्ची च्याउ ७ किलो ९ सय ग्राम, गुन्द्रक जस्तो देखिने नाम नखुलेको जडिबुटी साढे ७ किलो, तौल गर्ने मेसिन २ थान, क्यालकुलेटर १ थान, ३ थान मोबाइल र नगद २० लाख बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए।

पक्राउ परेकाहरुलाई वन ऐनअनुसार कारबाही गर्न डीभीजन वन कार्यालय हात्तिसार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?