+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

एमालेले दल दर्ता गरेपछि रक्षाले भनिन्– लोकतान्त्रिक यात्रामा स्वागत छ

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी अगुवा रक्षा बमले नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको स्वागत गरेकी छन्।
  • उनले संविधानलाई कमजोर पार्न चाहनेहरु चुनावको विपक्षमा रहेको र अहिलेको सरकारलाई कमजोर बनाउन खोजिरहेको उल्लेख गरेकी छन्।
  • बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको अडान र अभिव्यक्तिलाई जनताबाट अस्वीकृत हुनु परेको आक्रोश व्यक्त गरेकी छन्।

९ मंसिर, काठमाडौ । जेनजी अगुवा रक्षा बमले प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले दल दर्ता गराएको स्वागत गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले शंकाको सुविधा सहित एमालेलाई लोकतान्त्रिक यात्रामा स्वागत गरेकी छन् । ‘..एमालेलाई शंकाको सुविधा सहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ,’ उनले लेखेकी छन् ।

संविधानलाई कमजोर पार्न चाहनेहरु चुनावको विपक्षमा रहेको उनले लेखेकी छन् ।

‘..संक्रमणकालीन अवस्थालाई झन् अप्ठ्यारोमा पार्दै लोकतनत्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहने जति छन्, तिनीहरू सबै यतिखेर चुनावको विपक्षमा छन्, र अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेका छन्,’ उनले लेखेकी छन् ।

जेनजी फ्रन्टकी संयोजक रहेकी बमले एमाले अध्यक्ष केपी शर्मा ओलीको अडान र अभिव्यक्तिलाई भने सत्ताबाट बाहिरिनु परेको र जनताबाट अस्वीकृत हुनु परेको आक्रोश भनेकी छन् ।

‘… सत्तासँगको ब्रेकअप पछि, जनताले गरेको रिजेक्सन सहन नसकेर गुन्डुमा संसद् पुनर्स्थापनको एकोहोरो सुगा रटाई बम्किरहेकै छन्,’ उनले लेखेकी छन्, ‘रिजेक्टेड प्रेमी मधुशालामा बसेर रोएजस्तो छ उनको रुवाई ।’

चुनाव हुन दिन्नौं भन्ने जेनजीहरूलाई पनि रक्षाले प्रश्न गरेकी छन् ।

‘आखिर चुनाव हुन नदिएर कुन शून्यतामा मुलुकलाई पुर्‍याउन खोजिरहेका छन् उनीहरू ? नाइ मलाई त्यही सत्ता चाहिन्छ भन्ने ओलीहरू र हामी चुनाव हुन दिन्नौ भन्ने जेनजी साथीहरु, तपाईंहरूलाई स्पष्ट होस्, हामी त लोकतन्त्र चाहन्छौं,’ उनले भनेकी छन् ।

उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेको पनि लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?