News Summary
Generated by OK AI. Editorially reviewed.- अशोक कुमार यादवले जनता समाजवादी पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्।
- पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित कार्यक्रममा यादवलाई नेकपामा प्रवेश गराएका छन्।
- यादवले जसपाको मधेश प्रदेश अध्यक्ष पदबाट समेत राजीनामा दिएका छन् र नेकपामा जिम्मेवारी खुलाइएको छैन।
११ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका अशोक कुमार यादव नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यादवलाई पार्टी प्रवेश गराए ।
यादवले बिहीबार नै जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
उनी जसपाको मधेश प्रदेश अध्यक्ष थिए । नेकपामा उनको जिम्मेवारी खुलाइएको छैन । बिहीबार जसपाका राजेन्द्र श्रेष्ठसहितका नेता समेत नेकपामा समाहित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4