+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
64/3 (9.6)
Shares

भुजुङ हाइड्रोपावरले पायो आईपीओको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट २० लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको छ।
  • सेयरको अंकित मूल्य १ सय रुपैयाँ रहेको छ र कुल सेयरको २० प्रतिशत सर्वसाधारणमा जारी गरिनेछ।
  • कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम हाइड्रोपावर आयोजना बनाएको छ।

११ मंसिर, काठमाडौं । भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।

बोर्डले अंकित मूल्य १ सयका दरले २० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कुल सेयर १ करोड कित्ताको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो ।

बाँकी ८० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ । यसको बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेको छ । कम्पनीले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम हाइड्रोपावर आयोजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?